नेपाली सिनेमा क्षेत्रमा व्युटी विथ ब्रेन नायिकाको उपाधी पाएकी ऋचा शर्मा कलाकार मात्र होईनन् निर्मात्री पनि हुन् । उनले सिनेमा क्षेत्रमा नयाँ ट्रेंड ल्याउन फरकधारका फिल्महरु पनि निर्माण गरिन् । अभियनमा पनि दर्शकहरुले निकै रुचाएका नायिका हुन उनी । अभियनसंगै नारी सशक्तिकरणका मुद्धामा पनि निर्धक्क आफना अभिव्यक्तिहरु दिने यी नायिका बेला बेलामा बिवादमा पनि आउने गर्छिन् । उनै ऋचा सब परिचयलाई साइडमा राखेर व्यवसायी बनेकीछिन् । ट्रिपिकल भाषामा भन्नु पर्दा उनी साहुनी बनेकीछिन् । उनी साहुनी त बनिन् तर फरक ढंगको व्यवसाय गरेर । उनले ट्रकमा नै पसल खोलेकीछिन् । यो स्ट्रिट फुड नै हो ।

बिषेशगरी यो व्यवसाय बिदेशमा निकै हुने गर्छ तर नेपालमा भने यो व्यवसाय भने देखिएको थिएन । जसको सुरुवात नायिका ऋचाले गरेकी हुन् । उनले उक्त पसलको नाम पाङग्रा एक्सप्रेस राखेकीछिन् । उनले काठमाडौँको दरबारमार्गमा खोलेकी हुन् । कलाकार भएकै कारण भबिष्यका लागि पनि साइड बिजनेश गर्नु पर्छ भन्ने मान्यता राखेर नै उक्त व्यवसाय थालेको उनी बताउँछिन् । उनले स्कुले जीवनका साथीहरुसंग मिलेर पाङग्रा एक्सप्रेसको सुरुवात गरेकी हुन् । काठमाडौँ बाहेक मोफसलमा पनि उनले यसको शाखा खोल्ने सोचमा उनी छिन् । पाङग्रा एक्सप्रेसको साहुनी भएपछि ऋचा भने दंग छिन् ।

तपाईको प्रतिक्रिया