भारतको चर्चित सिंगिङ रियालिटी शो “सारेगमप लिटिल च्याम्स” मा नेपालका २ बालकहरुको आवाज अन्य प्रतिष्पर्धीहरुका लागि महंगो साबित हुन थालेका छन् । उक्त शोमा नेपाली र भारतीयहरुको पनि मन जित्दै इटहरीका प्रितम आचार्य र सिन्धुपाल्चोकका आयुष केसीले देशकै नाम चम्काईरहेका छन् । हिजो शनिबार प्रसारण भएको उक्त कार्यक्रममा प्रितमसंगै आयुष केसीले धमाकेदार प्रस्तुती दिएका छन् । कार्यक्रम अतिथी जजको रुपमा चर्चित गायक उदित नारायण झाको उपस्थिती रहेको थियो । उदित नारायण स्पेशल बनाईएको कार्यक्रममा आयुषले “कुछ कुछ होता है” फिल्मको शिर्ष गीत गाएका थिए । मधुर आवाजको धनी रहेका आयुषको उक्त प्रस्तुती निकै मन छुने थियो ।

आयुषको आवाजमा जुन प्रेम र भाव छ त्यसले पछिल्लो समय जज तथा जुरीहरुको मन निकै छुन थालेको छ । उनको गायिकीबाट प्रभावित भएर जुरीले सय प्रतिशत नै नम्बर दिए । उनले पछिल्लो समय लगातार चार्ट बस्टर पफर्मेन्स दिईरहेका छन् । उनको प्रस्तुतीपछि जजमध्यका एक अमाल मलिकले त स्ट्याण्टिङ ओभिएसन नै दिए । उदितले आयुषको प्रशंसा गर्दे भने “आयुषले यसरी गाएकी मेरो मनमा पनि हलचल भयो । नेपाली टोपी लगाएर तिमीले मनबाट गायौँ” । अर्का जज सानले आयुषलाई निकै सपोर्ट गर्छन निकै मन पराउँछन् ।

उनले आयुषको आवाजमा रहेको जाँदुको प्रशंसा गर्दे केही सल्लाह पनि दिए । यसैगरी जज ऋचाले पनि आयुषको प्रस्तुतीले मन छोएको बताउँदै उत्कृष्ट प्रस्तुती दिएको बताईन् । सधै नेपाली भाँदगाउँले टोपी लगाएर स्टेजमा प्रस्तुती दिने गरेका आयुषले यतिबेला नेपाल र नेपालीकै सान बढाईरहेका छन् । सुरशाला आइडलका बिजेता समेत रहेका आयुष भक्तपुरको मोर्डन स्कुलमा कक्षा ७ मा अध्यनरत रहेका छन् ।

तपाईको प्रतिक्रिया