भारतको चर्चित सिंगिङ रियालिटी शो सारेगमप लिटिल च्याम्समा नेपालको प्रतिनिधित्व गरिरहेका बालक प्रितम आचार्यले आज प्रसारण भएको कार्यक्रममा धमाकेदार प्रस्तुती दिएका छन् । आज मुख्य अतिथीको रुपमा चर्चित गायक उदित नारायण झा उपस्थित भएका थिए । त्यसैले आजको कार्यक्रम उदित नारायण स्पेशल रहेको थियो । जहाँ प्रितमले किरण फिल्मको जादु तेरी नजर गीत गाए । आजको प्रस्तुतीमा प्रितमले आफनो पुरानै छबी लिएर आएका छन् । उनले उक्त गीत यदि जोशपुर्ण तरिकाले गाएका थिए की जजहरुले स्ट्याण्डिङ ओभिएसन नै दिएका थिए । स्ट्याण्डिङ ओभिएसनका बावजुद प्रितमले जुरीबाट भने ९९.३ प्रतिशत नम्बर ल्याए ।

तर जज अमाल मलिकले उनको प्रस्तुती उत्कृष्ट रहेको भन्दै हौसाला दिए । उनले भने “म उदितजीले गाएको यो गीतको अरुले गाएको कभर कहिले पनि सुन्दिन भनेको थिए तर तिमीले गाएको यो गीत पटक पटक सुन्न चाहान्छु” । यता प्रितम उदितको निकै ठुला फ्यान हुन् । उनले प्रितमको उच्च प्रशंसा गर्दे भने “मलाई याँद छ जब मैले बाल्यकालमा गीत गाउँथे तब प्रितमले जसरी नै गाउँथे । तिमीले मेरो बाल्यकालको स्मरण गरायौँ” । प्रितमको गायिकीले आफु निक् प्रभावित भएको बताउँदै उनले प्रितमले सबै भारतीयहरुको मन जितेको बताए ।

यता जज ऋचा शर्माले पनि प्रितमले प्रशंसा गर्दे यहाँसम्म आउनुमा प्रितमको ठुलो मेहनत रहेको बताईन् । यसरी भारतीयहरुको समेत मन जित्दै नेपाल इटहरीका ११ बर्षका यी बालकले नेपाल र नेपालीहरुको प्रतिनिधित्व गरिरहेका छन् । उनले बिदेशी भुमिमा देशकै नाम चम्काईरहदा हरेक नेपालीहरुले उनीप्रति गर्व महसुस गरिरहेका छन् । उनीसंगै उक्त सोमा अर्का नेपाली बालक आयुष केसीले पनि धमाकेदार प्रस्तुती दिईरहेका छन् ।

तपाईको प्रतिक्रिया