मुम्बई। बलिउडकी हट अभिनेत्री दिशा पटानी पछिल्लो समय युवा पुस्ताबीच निकै लोकप्रिय छिन्। चाँडै उनी सलमान खानसँग नयाँ फिल्म ‘भारत’ मा देखिँदै छिन्। उनी विस्तारै फिल्ममा आफ्नो ठाउँ बनाउँदै छिन् भने ब्रेड एण्डोर्समेन्ट्समार्फत पनि उनी नाम कमाइ रहेकी छन्।

कुनै बलिउड अभिनेत्रीको ब्राण्ड भ्यालु घटिरहेको छ भने ती हुन् प्रियंका चोपडा जोसन। प्रियंकालाई नयाँ ब्राण्ड पाउन मुस्किल हुन थालेको छ भने पुरानो करार सम्झौता पनि सकिँदै गएका छन्।

उता दिशा भने एक एक गर्दै कयौं ब्रेड्सको एण्डोर्समेन्ट्समा व्यस्त हुन थालेकी छन्। उनले केही समय अगाडि मात्रै क्याल्भिन क्लेनको इनर वीयर्स अन्य ब्राण्डमा पनि काम गर्न थालेकी छन्।

दिशा पटानी फिल्म भारत बाहेक निर्देशक मोहित सुरीको फिल्म ‘मंगल’ को शुटिङमा व्यस्त छिन्। उक्त फिल्ममा आदित्य राय कपुर, अनिल कपुर र कुणाल खेम मुख्य भूमिकामा छन्।

तपाईको प्रतिक्रिया