बलिउडमा आइटम गर्लको रुपमा चर्चित अभिनेत्री मलाइका अरोरा यतिबेला नायक अर्जुन कपुरसंगको प्रेम सम्बन्धले निकै चर्चामा रहेकीछिन् । आफुभन्दा १० बर्ष कान्छा अर्जुनसंग उनी अरबाज खानसंग डिभोर्स भएसंगै नजिकिएकी थिईन् । उनीहरुले अहिले सम्म आफनो सम्बन्धको बारेमा औपचारिकरुमा भने बोलेका छैनन । त्यसोत केही समय यता मलाइका र अर्जुनले अप्रिल १९ मा बिवाह गर्न लागेको र उनीहरुले गोवामा हिन्दु र क्रिश्चियन रीति अनुसार नै बिवाह गर्न लागेको दाबी गरिएको थियो । तर मलाइकाले भने यस्तो दाबी झुठो भएको बताएकीछिन् ।

एक चर्चित मिडियासंगको कुराकानीमा उनले अर्जुन र आफनो बिवाहको खबर बकवास गसिप भएको र त्यसमा कुनै सत्यता छैन नभएको बताएकीछिन् । केही दिन अघि मात्र माल्दिभसमा एकसाथ छुट्टी मनाएर फर्किएका उनीहरु सम्बन्धबारेमा परिवार पनि दुई खेमामा बाढिएका छन् । यता सलमान खानको परिवारले भने अर्जुनलाई उनीहरुको घरमा बन्देज नै लगाईसकेका छन् भने दबंग ३ बाट पनि सलमानले मलाइकालाई निकालेका छन् । मलाइकाले अरबाजसंग १९९८ मा बिवाह गरेकी थिईन् । उनीहरुले २०१७ मा डिभोर्स लिए । उनीहरुको एक छोरा सन्तानको रुपमा रहेका छन् ।

तपाईको प्रतिक्रिया