चर्चित हाँस्य कलाकार केदार घिमिरे सरकारबाट सम्मानित भएका छन् । “मेरी बास्सै” बाट माग्ने बुढाको उपनामले चर्चित केदार ‘प्रबल जनसेवा श्री’ बाट बिभूषित भएका हुन् । संविधान दिवसको अवसरमा घोषणा गरिएको विभूषण आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेकी हुन् । उनले सम्मानित हुँदा झनै उत्साहित भएको बताउँदै कर्तव्य पथमा निरन्तर लाग्ने प्रण पनि गरेका छन् । ‘प्रबल जनसेवाश्री’ बिभूषित भएपछि केदारले खुसी व्यक्त गरेका छन् भने उनले नेपाल सरकारलाई धन्यवाद पनि व्यक्त गरेका छन् ।

सरकारले उनलाई कलाकारीताको क्षेत्रमा अमुल्य योगदान दिएको भन्दै सम्मान गरेको हो । सम्मानित भएपछि केदारले फेसबुकमा लेखेका छन् “सधैं यस्तै अलिकति निहुरिन पाउँ । छाती तन्काएर कसैका सामु घमण्ड नगरुँ । हँसाइरहन पाउँ । ‘प्रबल जनसेवा श्री’ बाट विभूषित हुन पाएकोमा नेपाल सरकारलाई धन्यवाद । कर्तव्य पथमा निरन्तर लाग्ने प्रण गर्दछु” । उनी सरकारी तवरबाट सम्मानित भएपछि उनका सहकर्मीहरुले समेत बधाई दिएका छन् ।

तपाईको प्रतिक्रिया