मुम्बई। ५१ वर्षीय बलिउड अभिनेता अक्षय कुमार विदेशमा आफ्नो उपचार गराएर फर्किएका छन्। विमानस्थलमा अक्षय पत्नी ट्विंकल खन्नासँग भेटिएका थिए। सो क्रममा अक्षयका दारी पूरै फुलेको देखिन्थ्यो भने उनको अनुहारमा स्पष्ट रुपमा थकान देखिन्थ्यो। अक्षयसँग उनका फ्यानले सेल्फी खिच्ने प्रयास पनि गरे, तर अध्यक्षले धेरै रुची देखाएनन्।

अक्षय हाइड्रोथेरापी उपचार गर्न जर्मनी गएका थिए। भारतीय संचारमाध्यमका अनुसार प्रत्येक वर्ष गमीको मौसममा अक्षयले यो थेपारी गर्छन्। आफूलाई चुस्त दुरुस्त राख्न यो थेरापीको सहारा लिन्छन्। किनभने अक्षय कुमार ती अभिनेता भित्र पर्छन् जो धेरैजसो स्टन्ट आफैं गर्न रुचाउँछन्।
५१ वर्षको उमेरमा पनि उनी रिस्क लिन डराउँदैनन्। उनको नयाँ फिल्म केशरीमा सबै एक्शन सिन उनी आफैंले गरेका हुन्।

हाइड्रोथेरापीमा पानीमार्फत समस्याको उपचार हुन्छ। व्यस्त जीवनमा यो थेपारी प्रत्येक व्यस्त मानिसलागि थकान मेटाउने माध्यम बनेको छ। यसले मांशपेशीलाई चुस्त दुरुस्त राख्नुकासाथै शरीरलाई समेत मेन्टेन गर्छ।

तपाईको प्रतिक्रिया