नायिका पुजा शर्मा यतिबेला आफनो पारिश्रृमिकलाई लिएर चर्चामा आएकीछिन् । फिल्म ‘पोई पर्यो काले’ मा २० लाख पारिश्रृमिक लिएपछि पुजा र यो फिल्म सुरु नहुँदै चर्चामा आएको हो । फिल्ममा तेस्रो पटक पुजा र आकास श्रेष्ठ पनि काम गर्देछन् । यही फिल्ममा अर्का भर्सटायल नायक सौगात मल्ल पनि भित्रिएका छन् । फिल्ममा पुजाको जोडी सौगातसंग पहिलो पटक बाँधिन लागेको हो ।

यो जोडी दर्शकहरुका लागि नौलो पक्कै हुनेछ । शिशिर राणाको निर्देशन गर्न लागेको‘पोई पर्यो काले’ अन्य एक जना पनि नायिका हुने बताईएको छ । यसअघि आकासले शिशिरसंग तिमी संगमा काम गरेका थिए । उनीहरुबीच यो दोस्रो टिमअप हो । फिल्मका प्रस्तुतकर्ता श्यामबहादुर थापा हुन् । रघु परियार र किरण नेपाली कार्यकारी निर्माता रहेको फिल्मका निर्माता दिपक मनाङ्गे हुन् । फिल्म जेठबाट फ्लोरमा जानेछ भने लक्ष्मीपुजामा रिलिज गरिने बताईएको छ।

तपाईको प्रतिक्रिया