बैशाख ६, काठमाडौँ । निर्देशक रामबाबु गुरुङले ‘कवड्डी ३’ बनाउने जमर्को गर्दैछन् । यस फिल्मको लागि कलाकारहरु पनी छनौट भईसकेका छन् ।

यस फिल्ममा दयाहाङ राई, बिजय बराल, बुद्दि तामाङ लगायतकाका कलाकारहरू छनोट भएका छन् भने नायिका उपासना सिंह ठकुरी को पनी भूमिका रहने हल्ला चलि रहेको छ । यस फिल्ममा नायक प्रदिप खड्का पनी खेल्ने हल्ला चलेको थियो तर अब यस फिल्ममा नायक खड्का नहुने निश्चित भई सकेको छ ।

यस फिल्मको लागि रामबाबु गुरुङ र प्रदिपविच केही समयदेखी कुरा भैरहेको थियाे । प्रदिप द्वारा अनिभित फिल्म लभ स्टेशन फ्ल्प भएपछी निर्देशक गुरुङले उनलाई यस फिल्ममा नलिएको खबरहरु पनी बाहिरिएका छन् ।

तर प्रदिप भने आफूले यस फिल्मलाई समय दिन नसकेका कारण यस फिल्ममा नरहने बताउँछन् । उनी भन्छन् । ‘कबड्डी–३’ फागूण वा चैत्रमा छायांकनमा हुने कुरा थियो तर, अब वैशाखको अन्तिममा मात्र छायांकन हुँदैछ । वैशाखको अन्तिममा म फिल्म ‘प्रेमगीत ३’ मा व्यस्त हुने भएकोले ‘कबड्डी–३’ लाई समय दिन नसकेको हो ।

तपाईको प्रतिक्रिया