बैशाख ९, काठमाडौँ । चैत्र २९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर ३’ ले अहिले सम्म एकदम राम्रो व्यापार गरिरहेको छ । ‘ए मेरो हजुर ३’ हेर्ने दर्शकले अनमोल के.सी.को फोटो प्रिन्ट भएको टिसर्ट उपहार स्वरुप समेत पाएका छन् ।

यस चलचित्रको निर्देशक झरना थापा, नायक अनमोल के.सी., नायिका सुहाना थापासँगै निर्माण टोली हलमा नै पुगेर आफैले टिसर्ट बाड्दा दर्शक भने अनमोलको फोटो प्रिन्ट भएको टिसर्ट पाएर मख्ख परिरहेका थिए । दर्शक अनमाेल र सुहानसँग फाेटाे खिच्न तछाड् मछाड् समेत गरिरहेका थिए

यस चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् भने झरनाले यस चलचित्रबाट आफ्नो छोरी सुहानालाई डेब्यु गराएकी हुन् । यस चलचित्रलाई टक्कर दिन आएको हिन्दी चलचित्र कलंकले भने ‘ए मेरो हजुर ३’ कुनै असर पुर्याउन सकिरहेको छैन ।

यस चलचित्रका निर्माता सुनिल थापाले आफ्नो चलचित्रले हिन्दी चलचित्र ‘कलंक’ को नेपालकाे व्यपारलाई पछि पारेको समेत दावी गरेका छन् । बलिउडका समिक्षकबाट मिलेको निराशाजनक समिक्षाका कारण ‘कलंक’को व्यवसाय नेपालमा राम्रो नबनेको थापाले अनुमान लगाए ।

यस चलचित्रले काठमाडौंको मल्टिपेलेक्स तर्फ एफ क्युब, बिएसआर, बिग मुभिज र सिंगल तर्फका गोपिकृष्ण, अष्टनारायण मात्र होइन, मोफसलका पोखरा, चितवन लगायतका ठाउँमा पनि यस चलचित्रको राम्रो व्यपार गरीरहेको निर्माता थापाले बताएका छन् ।

तपाईको प्रतिक्रिया