एजेन्सी । बलिउड नायक बरुण धवनले यसै वर्ष आफ्नी प्रेमिका नताशा दलालसँग बिबाह गर्ने भएका छन् । भारतीय मिडियाकाअनुसार बरुण र नताशा आगामी वर्ष बिवाह गर्ने तयारीमा थिए । तर, दुबैको परिवारलाई यो कुरा मन्जुर भएन । दुबै परिवारको सल्लाहपछि यसै वर्ष उनीहरुको बिबाह हुने पक्का जस्तै भएको छ । केही दिनमा नै दुई परिवार मिलेर बिबाहको मिति पक्का गर्नेछन् ।

यसै वर्ष बिबाह गर्नका लागि बरुणको आमाले निकै बल गरेकी थिइन् । उनको जिद्दीले नै यसै वर्ष बिबाह हुन लागेको बुझिएको छ । उनी आफ्नो छोराको बिबाह धुमधामले गर्न चाहन्छिन् । बरुण र नताशा लामो समयदेखि प्रेममा छन् । तर, उनीहरुले आफ्नो प्रेमको विषयमा खुलेर कुरा गरेका छैनन् ।

तपाईको प्रतिक्रिया