मुम्बइ। बलिउड अभिनेता शाहरुख खान अब साउथ सुपर स्टार विजयका साथमा फिल्ममा देखिने भएका छन्। किंग खान विजेयका साथमा साउथ फिल्म थलापथी ६३ मा देखिन लागेका हुन्। उनले थलापथी ६३ मा भिलेनको भूमिका निभाउने भारतीय सञ्चार माध्यमले जनाएका छन्। सञ्चारमा माध्यममा जनाइएअनुसार शारुख फिल्ममा महत्त्वपूर्ण भूमिकामा देखिने छन्।

फिल्ममा १५ मिनेटको महत्त्वपूर्ण भूमिका रहने बताइएको छ। उनले उक्त १५ मिनेटको भूमिकाका लागि ४ दिनको सेड्युल सेट गरेको सञ्चार माध्यमहरूले जनाएका छन्। अर्को खबर यो पनि छ कि शाहरुख सलमान खानको फिल्ममा केमियो रोलमा पनि देखिने छन्। पछिलो केही फिल्मले राम्रो सफलता प्राप्त गर्न सकेका छैनन्। सन् २०१८ मा रिलिज भएको उनको फिल्म जिरो पनि असफल साबित भएको थियो।

तपाईको प्रतिक्रिया