रोशन पोखरेल , काठमान्डाँै ।
करण फिल्मस प्रोडक्सनको तथा निर्माता गोपी अधिकारीको प्रस्तुतीमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘दोषी को ? ’को पहिलो गीत सार्वजनिक भएको छ । ‘परेली बन्द गर ’ बोलको गीतमा गायिका अन्जु पन्त र गायक गोपी अधिकारी को स्वर छ ।

गीतमा माया र प्रेमको सम्वादलाई निकै रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ । गोपी अधिकारीको शब्द तथा संगीत सो चलचित्रको गीतमा रहेको छ । गीतलाई सन्तोष सुनामले एरेन्ज गरेका छन ।

करण थापा मगरको लेखन , निमा लामा तामाङको निर्देशन , रमेश रेग्मीको कोरियोग्राफी चलचित्रमा रहेको छ । चलचित्रमा माया र प्रेमका कयौँ मिलन र रोमान्सलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । चलचित्रमा ५ वटा गीत समावेश गरिएको छ ।
विश्वास भण्डारीको छायाँकन तथा सम्पादन चलचित्रमा रहेको छ । चलचित्रमा करण थापा ,मिठठु आले , रमेश रेग्मी, रविना थापा , नेहा गौत्तम , विजय राहु मगर , सुवास नेपाली , सपना लामाको अभिनय रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया