बर्ष २०७५ मा नेपाली सिनेमा क्षेत्रको लागि कालो बर्ष नै रह्यो । चर्चित भन्दा चर्चित कलाकारका प्रतिक्षित फिल्महरु समेत नचलेपछि हलमा दर्शकहरुको अभाव नै रह्यो । सोही कारण हल मालिकहरुले झिँगा धपाएर बस्नु परेको बताएका थिए । त्यसबीच अनमोल केसी र डेब्यु नायिका सुहाना थापाको अभिनय रहेको फिल्म ए मेरो हजुर ३ ले खडेरी परेको फिल्मी क्षेत्रमा पानीको नै काम ग¥यो । फिल्मलाई दर्शकहरुल औँधी रुचाए । अनमोलको कामसंगै फिल्मबाट सुहानाले खुबै चर्चा कमाईएन् । उनको तुलना साम्राज्ञी राज्य लक्ष्मी शाहसंग नै भयो । चैत्र २९ गतेबाट रिलिज भएको यस फिल्मले २ हप्तामा ७ करोड ८४ लाख कलेक्सन गरेको छ ।

फिल्मले ८ करोडसम्म कलेक्सन गर्न सक्ने अनुमान गरिएको छ । यता अनमोलको करियरका लागि ए मेरो हजुर ३ सबैभन्दा सफल फिल्म बन्न सफल भएको छ । यसअघि उनको फिल्म ड्रिम्सले ६.५० करोड कलेक्सन गरेको थियो । यता फिल्मलाई अब भने सकस पर्ने देखिइएको छ । अहिलेसम्म पनि राम्रो दर्शकहरुको साथ पाईरहेको ए मेरो हजुर ३ लाई हलिउडको बहुप्रतिक्षित फिल्म एभेन्जर्स इन्ड गेम बाधक बन्न सक्छ । यही फिल्मको कारण ए मेरो हजुर ३ को शोज घटेको छ ।

एभेन्जर्स इन्ड गेम हेर्न दर्शहरुको निकै ओहिरो लागिरहेको छ । सोही कारण यसको दर्शक थामिनसक्नु भए ए मेरो हजुर ३ हलबाटै उत्रिन सक्ने अवस्था पनि आउन सक्छ । एभेन्जर्स इन्ड गेमले आज नेपालमा धमाका गरिरहेको छ फिल्मले आज सबै हलहरुमा सय प्रतिशत नै अकुपेन्सी पाएको छ । फिल्मले पहिलो दिनमा नै करोड कलेक्सन गर्न सक्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया