काठमाडौं – अभिनेत्री क्याट्रिना कैफका लागि यो वर्ष विशेष हुने भारतीय मिडियाले उल्लेख गरेका छन् । क्याट्रिन यो वर्षमा सलमान खानका साथ भारत र अक्षयकुमारका साथ सूर्यवंशी फिल्ममार्फत दर्शकमाझ छाउनेछिन् । अघिल्लो वर्ष फिल्ममा खासै धमाका मच्चाउन नसकेकी क्याट्रिनालाई पूर्वएथ्लेटिक च्याम्पियन पिटी उषाको बायोपिक फिल्मका लागि अफर गएको छ । रेवती एस बर्माले निर्देशन गर्ने सो बायोपिकमा पिटी उषाको भूमिकाका लागि क्याट्रिनालाई अफर गरिएको हो । क्याट्रिनाभन्दा अघि सो फिल्मका लागि प्रियंका चोपडालाई प्रस्ताव राखिएको थियो ।

हाल ५४ वर्षीया एथ्लेटिक्स खेलाडी उषालाई भारत सरकारले २० वर्षको कम उमेरमै अर्जुन पुरस्कार तथा पद्मश्री पुरस्कारले सम्मानित गरेको थियो । उनको पूरा नाम पिलाबुल्लकन्डी थेक्केपराम्बिल उषा हो । उनलाई क्विन अफ इन्डियन ट्र्याक एन्ड फिल्ड पनि भनिन्छ ।नयाँ पत्रिकामा खबर छ ।निकै चुनौतीपूर्ण रोल भएकाले क्याट्रिनाले स्विकार्न सक्छिन् कि सक्दिनन् भन्नेमा भने अन्योल छ ।

तपाईको प्रतिक्रिया