आज शुक्रबारबाट हलिउड फिल्म एभेन्जर्स: दि एण्ड गेम’ र २ वर्ष अघि रिलिज भएको फिल्म छक्का पन्जा २ प्रदर्शनमा आएका छन। एभेन्जर्सको यो अन्तिम सिरिज भएकाले पनि नेपालमा मात्र हैन बलिउडमा पनि फिल्मले आक्रामक सोज पाएको छ भने समिक्षकहरुले पनि अहिले सम्म कै उत्कृष्ट रेटीङ्ग गरेका छन। जसको प्रत्यक्ष प्रवाव नेपालको हकमा भने छक्का पन्जा २ र आजबाट तेश्रो सातामा प्रवेश गरेको फिल्म ‘ए मेरो हजुर ३’लाई परेको छ। अझ छक्का पन्जा २ लाई मल्टीप्लेक्सले शुन्य सो दिदाँ पुन: रिलिज निल्नु न ओकल्नु भएको हो ।
त्यस्तै गत वर्षको अन्तिम शुक्रबार रिलिज भएको फिल्म ‘ए मेरो हजुर ३’लाई पनि ठुलो झट्का लागेको छ । ‘एभेन्जर्स’को उग्र क्रेजको अगाडी दुई सातादेखिको ‘ए मेरो हजुर ३’को दबदबा पनि फिक्का देखिएको छ ।

तपाईको प्रतिक्रिया