२ बर्ष आगडी रिलिज भएको फिल्म छक्का पञ्जा २ बैशाख १३ गतेबाट पुन रिलिज भएको छ । निर्माण टिमले दर्शकहरुबाट फेरी पनि माया पाउने विश्वास गरेको थियो । त्यतीमात्र होईन फिल्मको रिलिजबाट संकलन भएको रकमबाट ठुलो हिस्सा चर्चित सञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा दुर्गम जिल्ला कालिकोटमा निर्माण हुने रास्कोट सामुदायिक अस्पतालका लागि सहयोग गर्ने घोषणा लिईने घोषणा समेत गरेको थियो । तर पुन: रिलिजमा भने छक्का पञ्जा २ टिम चिप्लिएको छ । फिल्मले सिंगल स्क्रिन हलहरुमा २ दर्जन शोहरु हात पारे पनि मल्टिप्लेक्समा एउटा पनि शो पाउन सकेन । हलिउडको बहुप्रतिक्षित फिल्म एभेन्जर्स इण्ड गेम को कारण फिल्म चपेटामा परेको हो ।

एभेन्जर्स इण्ड गेमको नेपाल क्रेज भने गज्जबको देखिएको छ । फिल्मले हलमा सय प्रतिशतको अकुपेन्सी पाएको छ । यता छक्का पञ्जा २ को पुन: रिलिज असफल भएको भन्दै दिपकले बोलेका छन् । उनले सामाजिक सञ्जालमार्फत उनले फिल्मको पुन: रिलिज असफल भएका स्वीकार गरेका छन् । उनले लेखेका छन् “हाम्रो समूह सधै एउटा न एउटा प्रयोग गर्दै आइरहेका छ हास्य चलचित्र र हास्य कलाकार फिल्ममा चल्दैन भन्ने सोच थियो तर हामिले नडराइ प्रयोग गर्यौ र दर्शकले माया पनि नसोचेको दिनु भयो। हामिले हरेक दिन नयाँ बजार नयाँ सम्भावना खोजिरहेका छौ, त्यसै क्रममा चलचित्रको रिपिट रिलिज पनि एउटा सम्भावना हुन सक्छ कि भन्ने सोचेको थियौ तर त्यो सफल हुन सकेन
तर यस्मा ग्लानी फिटिक्कै छैन” ।

तपाईको प्रतिक्रिया