बैशाख १४ हिजोमात्र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफनो पार्टीमा चर्चित कलाकारहरुसहित १५० जना प्रबेश गरेको बताएका थिए । उनले सामाजिक सञ्जालमार्फत नीर शाह, धिरेन शाक्य, झरना थापा ,जीवन लुइँटेल ,शंकर बिसी ,पार्बती राई लगायतका हस्तीहरु कांग्रेसमा प्रबेश गरेको बताएका थिए । उनीहरुकांग्रेसमा प्रबेश गरेसंगै विभिन्न खाले टिकाटिप्पणीहरु भईरहेका छन् । यसबीच चर्चित मोडल एवं डान्सर पार्वती राईले भने आफु कांग्रेसमा आवद्ध नभएको स्पष्ट पारेकीछिन् । पार्वती राई पनि कांग्रेसमा प्रबेश गरेको भन्दै समाचारहरु आएपछि उनले सामाजिक सञ्जालमार्फत आफु कुनै पनि पार्टीमा आवद्ध नरहेको उल्लेख गरेकीछिन् ।

उनले लेखेकीछिन् “नेपालको कुनै पनि पार्टिहरु संग मेरो पुर्बाग्रह,दुराग्रह छैन । बिशुद्द स्वतन्त्र नेपाली कलाकार हो र कलाकारितामै विश्वास गर्छु । यदि भविस्यमा कुनै पार्टि सँग संलग्न हुन गएमा म आफै सामाजिक सन्जालबाट जानकारी गराउने छु” । यता कांग्रेसकै नेता प्रकाशमान सिंहले उनी सहितको टोली कांग्रेसमा प्रबेश गरेको भन्दै बताईराख्दा पार्वतीले भने उक्त खबरको खण्डन गरेकीछिन् । यता कोरियोग्राफर शंकर बिसीले पनि कांग्रेस नेताको भनाईको खण्डन गरेका छन् । अन्य कलाकारहरुले भने यसबारेमा कुनै धारणा प्रस्तुत गरेका छैनन् ।

तपाईको प्रतिक्रिया