काठमाडौँ । नायिका श्वेता खड्कालाई ट्यूमर भएको छ । उनलाई ह्याकुलोमा ट्युमर भएको हो ।

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत पोष्ट गर्दै आफूलाई ट्यूमर भएको जानकारी गराएकी छिन् । नयाँ चलचित्र ‘हेलो जीन्दगी’ को सुटिङ्गको लागि लण्डन पुगेकी नायिका खड्कालाई लण्डन गएको केही दिन पछी असह्य पीडा भएपछी चिकित्सकलाई देखाउँदा आफूलाई ट्यूमर भएको थाहा पाएकी थिईन् ।

चिकित्सकलाई देखाएपछी चिकित्सकले यसको तत्कालै शल्यक्रिया गर्नुे पर्ने नत्र पछि यसले गम्भिर अवस्था ल्याउन सक्छ भनेपछी उनी तुरुन्त लण्डनबाट भारतको दिल्ली आई उपचार गराएकी र शल्यक्रिया सफल भई अहिले आफू स्वास्थ्य भई बेडरेष्ट गरिरहेकी जानकारी दिएकी छिन् ।

नायिका खड्काले आफ्नो शल्यक्रिया गर्ने डाक्टर सुरेन्द्रकुमार दाबासलाई धन्यबाद दिदैँ नेपालबाट गएका डा. पंकजले पनि आफ्नो उपचारमा सहयोग गरेको जानकारी दिएकी छिन् ।

 

साथै उनले आफूले नयाँ चलचित्र ‘हेलो जीन्दगी’ काम गर्न नसक्ने जानकारी गराँदै ‘हेलो जीन्दगी’ को टिम सँग माफी माग्दै यस चलचित्रमा काम गर्न नपाउँदा आफू एकमदम दुःखी भएको समेत व्यक्त गरेकी छिन् ।

नायिका खड्काले आफ्नो स्वास्थ्यबारे सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेर पोष्ट गरेकी थिईन् । ‘मेरो दोस्रो जीन्दगी, मसँग जीन्दगीले दोस्रो पटक खेल खेल्यो । भन्छन्, जीवन अनिश्चित छ, त्यो सत्य हो । थाहै हुँदैन कहिले के हुन्छ र सपनाहरु आफ्नै अघि विलिन हुन्छन् । म नयाँ चलचित्र हेलो जीन्दगीमा काम गर्न नसक्ने जानकारी गराउनु पर्दा निकै दुखी छु ।’

 

‘लण्डन गएको केही दिनपछि असह्य पीडा भयो । डाक्टरलाई देखाउँदा ह्याकुलोमा ट्युमर रहेको बताए र त्यसलाई हटाउनु पर्ने भने । तत्कालका लागि ठूलो समस्या नरहे पनि भविष्यमा यसले गम्भीर अवस्था ल्याउन सक्ने भनेपछि दिल्ली आएर उपचार गराएकी छु ।’

‘हेलो जीन्दगी चलचित्र टिमसँग माफी चाहन्छु किनकी मैले काम गर्न सकिन । यस्तै बिएलके अस्पताल र डाक्टरहरुलाई धन्यबाद ।’ उनले लेखेकी छिन् । ‘मैले फेरि एकपटक जीन्दगीको भयानक अवस्थामाथि जित हाँसिल गरेकी छु ।’

तपाईको प्रतिक्रिया