काठमाडौं। ठगी आरोपमा पक्राउ परेकी कलाकार तथा निमात्री प्रज्ञा जोशी जेल चलान भएकी छिन । उनी ४० लाख धरौटी बुझाउँन नसकेपछि जेल चलान भएकी हुन् ।

जग्गा दिने भन्दै ५० लाख ठगी गरेको आरोपमा प्रहरीले उनलाई इटहरीबाट पक्राउ गरेको थियो । सुबर्ण कुमारी श्रेष्ठले आफुलाई ठगेको भन्दै महानगरीय प्रहरी परिसर काठमाण्डौमा दिएको उजुरीको आधारमा कलाकार जोशीलाई पक्राउ गरी काठमाण्डौ लगिएको थियो । महानगरीय अपराध अनुसन्धान महाशाखामा उनीविरुद्ध ठगीको उजुरी परेको थियो ।

टेलिसिरियल देवी मार्फत कलाकारिता सुरु गरेकी उनले प्रज्ञा फिल्म्स अन्तर्गत रहेर टेलिफिल्म ‘सिन्दुर’ मार्फत निर्माणमा हात हालिन् । उनले फिल्म सपूत मार्फत फिल्म निर्माणको समेत काम थालेकी थिइन् । सपूतका साथै सम्झना, न बिर्से तिमीलाई न पाएँ तिमीलाई, नोटबुक फिल्म निर्माण गरिन् । कलाकारिता र निर्माणलाई संगसंगै लागेकी उनले ३ दर्जन बढी फिल्ममा अभिनय समेत गरेकी छन् ।

तपाईको प्रतिक्रिया