एजेन्सी। फिल्म ‘बाहुबली’बाट दर्शकमाझ प्रभाव जमाउन सफल अभिनेता प्रभास बलिउड स्टारका रुपमा चिनिन्छन्। उनलाई मन पराउने र पछ्याउनेकाे जमात लोभलाग्दो छ। प्रभास सामाजिक सञ्जालमा भने उति सक्रिय छैनन्। तर, केही दिनयतादेखि भने प्रभासले इन्स्ट्राग्राममा आफ्नो उपस्थिति जनाएका छन्।

एकमात्र तस्बिर पोस्ट गरेर इन्स्टामा इन्ट्री मारेका प्रभासको इन्स्टा अकान्ट भेरिफाइ भइसकेको छ। उनलाई केही दिनमै फलो गर्नेको संख्यानै १४ लाग बढी भइसकेको छ। उनलाई फ्यानहरुले मात्र हैन, बलिउड सेलिब्रेटीहरुले पनि इन्स्टामा खुसी व्यक्त गर्दै स्वागत गरिरहेका छन्।

यसैक्रममा प्रभासको प्रदर्शनको तयारीमा रहेको फिल्म ‘साहो’मा एक साथ स्क्रिन सेयर गरेकी नायिका श्रद्धा कपुरले पनि इन्स्टामा स्वागत गरेकी छिन्। श्रद्धाले आफ्नो अफिसियल इन्स्टामा एक तस्बिर पोष्ट गर्दै प्रभासलाई स्वागत गरेकी हुन्। स्वागत गर्दै उनले पोस्टमा लेखेकी छन्, ‘इन्स्टामा स्वागत छ। तिमीजस्तो राम्रो र इमानदार मान्छे मैले देखेको छैन।’

तपाईको प्रतिक्रिया