काठमान्डाँै
बिजी बर्मा फिल्म्सको ब्यानरमा सत्य घटनामा आधारित एवम सामाजिक परिवेशलाई आधार बनाएर निमार्ण गरिन लागेको नेपाली कथानक चलचित्र काँचुलीको छायाँकन पुर्वाञ्चलमा हुने निमार्ण पक्षले बताएको छ ।

चलचित्रमा कला राई को प्रस्तुति ,शंकर अधिकारी घायल को लेखन तथा निर्देशनमा सो चलचित्रमा रहने चलचित्रका मिडिया कोडिनेटर रोशन पोखरेलले बताए । पुर्वाञ्चलका विभिन्न रमणिय स्थान , दमक , इलाम र श्री अन्तुका रमणिय स्थानमा छायाँकन गरिने चलचित्रकी प्रस्तुतकर्ता कला राईले बताइन ।

चलचित्रमा नायक ईश्वर खाती , नायिका शुभेच्छा थापा,रश्मि भट्ट ,रबिन श्री,राजन महर्जन, रिजन बिसुन्खे , नव नायिका कृति छेत्री ,राजन श्रेष्ठ ,अस्मि थापा, मिलन तमाङ ,रमेस घतानी को अभिनय रहने भएको छ ।

बाबुल गिरी,राजेन्द्र बजँगाईँ,शंकर अधिकारी घायल को संगीत तथा गायिका नित्याशिवा , गायक शम्भु रैका , गायक प्रह्लाद तिमिल्सिना को आवाज सो चलचित्रको गीतमा रहने छ । देव महर्जन को द्वन्द,राजन महर्जन को नृत्य र सुशील डाँगी को छायांकन रहने चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताए ।

तपाईको प्रतिक्रिया