प्रेम गीत पछि एकाएक चम्किएकी नायिका हुन पुजा शर्मा । सुरुवाती चरणमा फिल्मबाट खासै सफलता नकमाएकी पुजाले प्रेम गीतबाट पनि रातारात नेम र फेम कमाईन् । सोही फिल्मपछि रामकहानीसम्म आईपुग्दा पुजाले कमाएको फ्यानफलोईङ निकै लोभलाग्दो छ । उनको क्रेजले पनि हलसम्म दर्शकहरु जाने गर्छन् । उनी सिनेमा क्षेत्रकी बर्तमान लोकप्रिय नायिका , सफल निर्मात्रीमात्र होईनन् सर्वाधिक महंगी नायिका हुन् । उनले सामाग्रीलाई पनि टप्दै २० लाख पारिश्रृमिक लिएकी हुन् । उनको यस पारिश्रृमिकप्रति सिनेमा क्षेत्रकै धेरैले आशंका व्यक्त गरिरहेका छन् भने सिनेमा क्षेत्रको बर्तमान अवस्था हेरेर कलाकारले २०/ ३०/ ४० लाख माग्नै नहुने , त्यसको पनि लायक कुनै कलाकारहरु भईनसकेको लगायतका कुराहरुमा टिकाटिप्पणी भईरहेका छन् ।

यस बिषयमा धेरैले धेरै खाले चर्चा गरे । यसबीचमा पुजाले आफनो पारिश्रृमिकमाथि भएको टिकाटिप्पणीमा मुख खोलेकीछिन् । एक मिडियासंगको कुराकानीमा कलाकारहरुले फिल्मलाई समय दिनेदेखि लिएर मेन्टेनसमेत गर्नु पर्ने भएकोले त्यती पारिश्रृमिक ठुलो कुरा नभएको बताएकीछिन् । उनले २० लाख नै नगद पारिश्रृमिक लिएको नभई १० लाख एडभान्समा लिएको र बाँकी उनले फिल्मको कन्ट्री राईटस लिएको खुलासा गरिन् । उनले आफु पनि निर्मात्री भएकोले अरुलाई मार्नु हुन्न भन्ने बुझेको बताईन् ।

 

उनले भनिन् “यो कुरालाई ठुलो इसु बनाउन आवश्यक नै छैन । अझ एउटा कलाकार भएर अर्को कलाकारको धज्जी उडाउँदा खेरी चाही नराम्रो लाग्छ । आफु के हुँ र आफुँ पनि यही ठाँउमा छु भोली हामीलाई पनि त्यही चीज आउँछ भनेर सोच्नु पर्छ जस्तो लाग्छ” । उनले नायकहरुले धेरै पारिश्रृमिक लिँदा प्रशंसा हुने तर नायिकाहरुले धेरै पारिश्रृमिक लिँदा खिल्ली उडाउँने विश्वास नगर्ने जस्तो प्रवृती देखिएको भन्दै उनले चित्त दुखाईन् । पुजाले फिल्म पोई प¥यो कालेमा २० लाख पारिश्रृमिक लिएकी हुन् । त्यसपछि सिनेमा क्षेत्रमा यसको खुबै चर्चा भएको थियो ।

तपाईको प्रतिक्रिया