काठमाडौं । २०१८ मा रिलिजमा आएको फिल्म ‘वीरे दि वेडिङ’मा अभिनेत्री स्वारा भास्करले एक हस्तमैथुन सिन दिएकी थिइन्, जसको कारण उनी निकै ट्रोलको शिकार भएकी थिइन् । लामो समयसम्मको ट्रोलपछि केही साम्य भएको थियो, पुनः ट्रोलर्सले स्वारा भास्करको उही सिनलाई निशाना बनाएका छन् ।

मुम्बईमा लोकसभा चुनाबको दौरान युवक÷युवतीले अरुलाई भोट हाल्नका लागि प्रेरित गर्न बेग्लै प्रकारको उपाय अपनाएका छन् । जहाँ शाहरुख खान, सलमान खान, करिना कपूर, आमिर खान, दीपिका पादुकोण, अनुष्का शर्मा, ऋतिक रोशन र पूरै बच्चन परिवार भोट हाल्नका लागि बाहिर निस्किए, सोही समयमा ती युवक÷युवतीले स्वारा भास्करको ट्रोल गरे । उनीहरुले हातमा सिरानी लिएर सडकमा निस्किए, जहाँ एक म्यासेज पनि लेखिएको थियो ।

उक्त म्यासेजमा लेखिएको थियो, ‘यस पटकको चुनावमा स्वारा भास्करले जस्तो नगर्नुहोस् । आफ्नो औंलालाई सोचेर समझदारी तरिकाले भोट हाल्नुहोस् ।’ यो तस्वीर सोसल मिडियामा भाइरल बन्न थालेपछि अभिनेत्री स्वाराले पनि जवाफ फर्काउँदै सो तस्वीरलाई ट्वीट गरिदिइन् ।

तस्वीरलाई ट्वीट गर्दै स्वाराले लेखेकी छन्, ‘अरे मेरो ट्रोल्स पुनः एक पटक धेरै मेहेनतका साथ आएको छ । गर्मीमा पसिना बगाइरहेको छ, ताकी मेरो नाम चर्चामा आओस् । मलाई नराम्रो लागेन । तिम्रो कल्पना शक्ति कमजोर छ । तर तिमीहरुको कोसिसलाई सलाम गर्छु ।’

तपाईको प्रतिक्रिया