शीतल दाहाल महिला स्वतन्त्रता र यौनका विषयमा निर्भीक कलम चलाउने युवा पुस्ताकी महिला हुन्।
उनका लेखहरूमाथि सोसल मिडिय तथा अलनलाइनहरूमा चर्काे बहस हुने गरेको छ।
आज प्रकाशित साप्ताहिकमा उनको अन्तर्वार्ता छापिएको छ। प्रस्तुत छ– त्यसको थोरै अंशः
आफू यति खुला हुनुहुन्छ, लेखनमा पनि त्यत्तिकै खुला भएर पोखिनुहुन्छ, विवाह नहोला भन्ने तनाव भएन?
हो, मेरो एक जना नजिकको साथीले एकदमै रिसाएर गाली गर्दै अब तेरो विवाह हुने सम्भावना जिरो भयो भन्नुभएथ्यो। उहाँले यस्तो लेखिसकेपछि कसैले पति तसँग विवाह गर्दैन भन्नभाथ्यो।
तर विवाहका बारेमा म यति क्लियर थिएँ कि जो मलाई एउटा हेडलाइन देखेर विवाह गर्न आउँछ, त्योसँग मचाहिँ कहाँ विवाह गर्छु र म पनि विवाह गर्दिनँ। कमसेकम म त्यति लेख्दाखेरि पनि आफ्नो खुट्टामा उभिएकी थिएँ। हरेक लेखनमा आफ्नो खुट्टामा उभिएको छु भन्ने कुराले मलाई जाँगर दिन्थ्यो। मैले लेखिरहन सक्नुको कारण पनि त्यही हो।
नेपाली केटाहरूको मनस्थिति कस्तो पाउनुभएको छ?
एकदम दुःखद कुरा भन्नुपर्छ, मजस्ती केटीसँग विवाह गर्ने केटा नेपालमै छैनजस्तो लाग्छ।
साँच्चै त्यस्तो अनुभव गर्नुभएको हो?
अँ साँच्चै। त्यो खालको चेतना मैले नेपाली केटाहरूमा फेला पारेकी छैन। भेट्छु, केही मानिसहरू भेट्छु तर अझै सुधार्नुपर्नेछ। ऊ केहीँ न कहीँ अलमलिएको छ, मेरो कुरालाई लिएर ऊ अलमलिन्छ। एउटा केटा मसँग विवाहका लागि कुरा गर्न आएको थियो।
उसको भनाइ यसअघि जे जे भयो भयो, अब लेख्न छाडिदेऊ न त भन्ने थियो। जुन कुरा म कल्पना पनि गर्न सक्दिनँ। मैले उसलाई फिर्ता पठाइदिएँ। यदि यही अवस्था रहिरह्यो भने मलाई त के घाटा लाग्ला, केटाहरूलाई नराम्रोसँग घाटा लाग्छ। भन्नुको अर्थ मसँग विवाह गर्नुपर्यो भन्ने होइन, तर उनीहरूलाई धेरै सुधार्नुपर्ने जरुरी छ।
कस्तो यौन सम्बन्ध हुनुपर्छ?
मैले चाहेको साझेदारीपूर्ण यौन सम्बन्ध हो। त्यो पनि सहभागितापूर्ण अर्थात् साझेदारीमा हुने यौनसम्बन्धको कल्पना गरेकी हुँ मैले।
कस्ता केटाले तपाईंलाई तान्छ?
१९ वर्षको अन्तरमा ममा यति धेरै चेन्ज आएको छ कि अब म यस्तै खालको केटा मन पर्छ भनेर कसरी भनूँ?
विवाह कहिले गर्नुहुन्छ?
विवाहका बारेमा पनि मेरो आफ्नै धारणा छ, विवाह गराइने कुरा होइन, विवाह आफैँ हुने हो। ३२ वर्ष पुगेको केटालाई केटी खोजेर तपाईँ विवाह गराउन सक्नुहुन्छ?