ए मेरो हजुर ३ ले ब्ल्कबस्टर व्यापार गरेपछि अब अभिनेता अनमोल केसीले कुन फिल्ममा काम गर्छन् भन्ने चर्चा छ । बजारमा अभिनेता केसीले भागवत गीतामा काम गर्ने भन्ने चर्चा पनि चलेको छ । तर, अहिले यी सबै कुरा फाइनल भएका छैनन् ।

अभिनेता केसी अझै पनि स्क्रिप्ट नै हेरिरहेको बताउँछन् । तर, अभिनेता केसीले अब आफ्नै होम प्रोडक्शनको फिल्ममा काम गर्न लागेको खबर पनि बाहिरिएको छ । भूवन केसीले नै निर्देशन गर्ने फिल्ममा अनमोल केसी हुनेछन् । यो फिल्मको कथा लेख्ने काम भैरहेको छ ।

अभिनेता केसी अब लभ स्टोरी फिल्ममै काम गर्ने मुडमा छन् । भूवन पनि क्याप्टेन जस्तो फिल्ममा रिस्क मोल्ने सुरमा छैनन् । फिल्मको छायांकन दशैपछि गर्ने योजना भूवनको छ ।

तपाईको प्रतिक्रिया