काठमान्डौ बैशाख २२ – गते शनिबारका दिन धापाशीको तिलिङटारमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय कार्यालयको भवन शिलान्यास कार्यक्रम श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननिय गोकर्ण बिस्ट बिस्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। केन्द्रिय अध्यक्ष बद्री पंगेनीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निर्वतमान अध्यक्ष चन्द्र शर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।

सो कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बर बिरही गुरुङ, पुर्व अध्यक्ष प्रजापती पराजुली, पुर्व अध्यक्ष तथा कलाकार कल्याणकारी कोषका अध्यक्ष दुर्गा रायमाझी, बरिष्ठ लोक गायक तथा चलचित्र निर्देशक नारायष्ण रायमाझी लगायत थुप्रै कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो । शिलान्यास कार्यक्रममा पञ्चेबाजा सहित मन्त्री गोकर्ण बिस्ट र अध्यक्ष बद्री पंगेनीले पुजारी संगै शिलान्यास गरेका थिए । आफुनो कार्यकाल सम्म भवन निर्माण कार्य सम्पन्न गरेर अर्काे नयाँ समितीलाई हस्तान्तरण गर्ने कुरा अध्यक्ष बद्री पंगेनीले बताएका छन्।

हेर्नुहोस् भडियो रिपोर्ट

तपाईको प्रतिक्रिया