मुम्बई। बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री कैटरीना कैफबीचको प्रेम सम्बन्धलाई लिएर बलिउडमा निकै चर्चा हुनेगर्छ। दीपिका पादुकोणपछि रणवीर कैटरिनासँग लामो समयसम्म रिलेशनमा थिए।

केही दिन अगाडि कैटरिनाले रणवीर र आफ्नो विषयमा ठूलो खुलासा गरेकी छन्। कैटरिनाले रणवीरलाई प्रभावमा पार्न जादू प्रयोग गरेको खुलासा गरेकी हुन्।

भारतीय संचारमाध्यमले कैटरिनालाई उद्धृत गर्दै बताए अनुसार जब कैटरिना र रणवीर डेट गरिरहेका थिए तब सँगै बस्न थालेका थिए। त्यतिबेला रणवीर र कैटरिनाको एकपछि अर्को फिल्म फ्लप हुन थाले।

तर उनीहरुले छुट्टै बस्दा घरलाई पवित्र बनाउने काम गरेका थिएनन्। रणवीरको बाम्बे वेलवेट र तमाशा बक्स अफिसमा फ्लप भएको थियो भने कैटरिनाका पनि फिल्म फ्लप भइरहेका थिए।

त्यसपछि दुवै जनाले तान्त्रिकसँग कुरा गरे। ती तान्त्रिकले आफ्नो एक जना नजिकको साथी आफू भन्दा धेरै जान्ने भएको र उसले काला जादु गर्न सक्ने बताए।

त्यसपछि तान्त्रिको सल्लाह अनुसार रणवीर र कैटरिनाले घरको शुद्धिकरण गरे। उनीहरुले आफ्नो घर आसपास सकारात्मक कुरा राख्न थाले। तर त्यसबाट पनि केही भएन। बरु तान्त्रिको प्रभावले कैटरिना र रणवीरको जोडी भने  टुट्यो।

तपाईको प्रतिक्रिया