चर्चित पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमको परिचय अब यसैमा मात्र सिमित छैन । उनी नायिका समेत बनिसकेकीछिन् । आफनै होम प्रडक्सनको फिल्म अनुरागबाट उनले डेब्यु गरेकी थिईन् । उनले यस फिल्मबाट नायिकाको दर्जा त पाईन् तर करिब करोडको लगानीमा बनेको यो फिल्म यसरी चिप्लियो की कुरै नगरौँ । ऋषि धमला निर्माता रहेको उक्त फिल्मलाई हल मालिकहरुले राम्रो साथ नदिएको ऋषि र एलिजाले त्यतीबेला आरोप लगाएका थिए ।तर जतिले फिल्म हेरे तिनीहरुले पनि फिल्मलाई राम्रो सथ र प्रतिक्रिया भने दिएका थिएनन् । २ सन्तानकी आमा एलिजाको प्रयासलाई प्रशंसा गरिए पनि उनको अभिनयको प्रशंसा भने भएन ।

यतिबेला आएर भने एलिजाले आफनो फिल्मले पानी पनि भन्न नपाएको धक फुकाएर स्वीकार गरेकीछिन् । सामाजिक सञ्जाल फेसबुकमा उनले आफ्नो पहिलो कोशिश रहेको र हार नमान्ने बताउँदै उनले लेखेकीछिन् “अझै दुःख र मिहिनेत गरेर आउनेछु । एकैचोटी कोही सफल हुँदैन । गर्दै गएपछि कहिले सफल हुन्छ कहिले असफल । जिन्दगीमा कहिले हार मान्दिन म बाचुन्जेल र कहिले पनि डराउँदिन म” ।

उनले फिल्म असफल भएपछि फिल्ममा काम गर्न हतार गरेको भन्ने भान भने भएको बताएकी थिईन् । सानै देखि पर्दामा आउँने रहर पालेकी एलिजा आलोचना पछि उनी यति बेला विभिन्न क्लासहरु लिईरहेकीछिन् । डेब्यु फिल्म असफल भएपछि उनले अन्यको व्यानरबाट अफर पाएकी छैनन् तर निकट भबिष्यमा उनी फेरी पनि पर्दामा आउने तयारीका लागि यतिबेला कम्भर कसेर लागिरहेकीछिन्

तपाईको प्रतिक्रिया