जेठ २ ।  बलिउड नायिका कंगना रनौत आजकाल आफ्ना नयाँ फिल्म पंगाका लागि निकै पसिना बगाइरहेकी छिन् । फिल्ममा कंगना एक कबड्डी खेलाडीको रुपमा देखिनेछिन् । यसका लागि कंगनाले निकै तौल बढाएकी पनि थिइन् ।

तर अब कान्स फिल्म फेस्टिबलका लागि कंगना रनौत पुनः सेपमा आइसकेकी छिन् । रिपोर्टलाई मान्ने हो भने व्यायाममार्फत् उनले १० दिनमा पाँच किलो तौल घटाएकी छिन् ।

कंगना रनौतलाई हालै योगेश भटेजाको स्टुडियोमा देखिएको थियो । कंगना आफ्नो कान्स लुकका लागि वर्कआउट गरिरहेको देखिएकी थिइन् । फिटनेस ट्रेनर योगेशले एक अन्तरवार्तामा भने, ‘कंगनाले फिल्म पंगाका लागि तौल बढाउनु थियो ।

यस्तोमा हामीले धेरै क्यालोरी भएको खानेकुरा डाइटमा समावेश गर्यौं । उनको लागि यो त्यति सजिलो थिएन किनभने तौल घटनाउनका लागि सिधा क्यालोरी कम गर्नुपर्छ । पंगाका लागि १०–११ घण्टा सुटिङ गरेपछि कंगनाले दिनमा दुईपटक वर्कआउट गरे । यसरी कंगनाले आफ्नो उद्देश्य प्राप्त गरेकी हुन् ।’

कंगना एक उत्कृष्ट नायिका हुनुका साथै स्टाइलिस्ट पनि हुन् । कान्समा उनी दोस्रो पटक भाग लिँदैछिन् । यसपटक उनी कान्समा एक विशेष खालको साडीमा दखिने बताइएको छ । एजेन्सी

 

 

तपाईको प्रतिक्रिया