Flash

काठमाडौं। बलिउड अभिनेत्री प्रियंका चोपडाले कान्स फिल्म फेस्टिभलमा डेब्यू गरिसकेकी छन्। रेड कार्पेटमा वाक गरेपछि भोलिपल्ट पति निक जोनससँग चोपर्ड ज्वेलरी ब्राण्डको पार्टीमा सहभागी भइन्।

दुवै दिन उनले जुन ड्रेस लगाएकी थिइन् त्यसमा प्रियंका केही मोटाएको देखिएको थियो। उनको तस्वीर समाजिक संजालमा भाइरल भएको छ। यतिबेला प्रियंका चोपडा गर्भवती भएको चर्चा चल्न थालेको छ। योसँगै हलिउड अभिनेत्रीले प्रियंकाको फोटोमा गरेको कमेन्ट पनि प्रियंका गर्भवती भएको अनुमान लगाउन सजिलो भएको छ।

प्रियंकाले कान्सको फोटो आफ्नो इन्स्टाग्राममा शेयर गरेकी थिइन्। यो फोटोमा प्रियंकाकी नजिककी साथी एवं हलिउड अभिनेत्री ओक्टाभिया स्पेन्सरले कमेन्ट गर्दै लेखेकी छन्, ‘स्टनिङ ममासिटा!’ अंग्रेजीमा यसको अर्थ हट मम हुन्छ। ओक्टाभियाको कमेन्टले प्रियंका गभवती भएको तर्फ संकेत गर्छ।

रेड कार्पेटमा प्रियंकाले कालो र गुगाली रंगको गाउन लगाएकी थिइन्। यो पोशाकमा प्रियंको पेट केही बाहिर निस्किएजस्तो देखिएको थियो। त्यसपछि उनी पति निक सँग निलो गाउनमा देखिएकी थिइन्। यो पोशाकमा पनि प्रियंकाको पेट केही बाहिर निस्किएको थियो। उनले उक्त पोशाकमा चौडा बेल्ट लगाएकी थिइन्। उनी आफ्नो पेट कुलाउन चाहथिइन् जस्तै देखिन्थ्यो।

Published date : २०७६-जेष्ठ-५ १३:५३

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]