राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा फरक- फरक सांगीतिक कोसेलीहरु बजारमा आइरहेको छन् । यस्तै फरक सांगीतिक कोसेलीहरु बजारमा आउने क्रममा माया प्रितिका प्रसङ्गबाट सजिएका गीतहरु नै धेरै बजारमा आइरहेका छन् ।यसै भिडमा एक राष्ट्रिय भावले सजिएको गीत पनि बजारमा आएको छ । उक्त गीत “हिमालको काखमा” बोलको रहेको छ । राजेश पायल राई द्वारा स्वर बद्ध यस गीतलाई शब्द फुर्वा घलेले भरेका हुन् भने संगीत लक्षु प्रकाश मल्लको रहेको छ ।

गीतको भिडियो निकै मेहनतका साथमा तयार पारिएको छ भिडियोमा बुद्धि तामांग, फुर्वा घले र साथीहरुको अभिनय देख्न सकिन्छ ।भिडियोलाई निर्देशन गीतकार गायक एवं साहित्यकार भरत उदासीले गरेका हुन् भने छायांकन रामकृष्ण कंडेल र सम्पादन रोशन धितालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया