शिव भटटराई ।, इटहरी । इटहरीमा मिस व्यूटी आइकन हुने भएको छ । आयोजक एम के फोटोग्राफीले आज इटहरीमा पत्रकार सम्मेलन गरी मिस व्युटी २०१९ आयोजना को तयारी गरिएको बताएको छ । पत्रकार सम्मेलनमा मिस ब्युटीका कार्यक्रम संयोजक बसन्त बस्नेतले स्थानीय युवतीहरुको प्रतिभा प्रष्फुटनका लागि मिस व्युटी आइकन गर्न लागिएको बताउनुभयो ।
आइकनको पहिलो अडिसन आगामी असार ७ गते हुने संयोजक बस्नेतले बताउनुभयो । त्यसैगरी, दोस्रो अडिसन असार १४ गते समेत पत्रकार सम्मेलनमा जानकारी दिइयो । पहिलो र दोस्रो अडिसनबाट २५ जना युवतीहरु छनौट गरिनेछ । यसरी छनौट गरिएकाहरुलाई असार २२ गतेबाट ट्रेनिङ्ग दिइने आयोजकले जनाएको छ । १ महिनासम्म ट्रेनिङ्ग गरेपछि फिनाले गरिने आयोजना अध्यक्ष तपश्या रणपालले बताउनुभयो ् ।
फिनालेमा प्रथम हुने युवतीले ५० हजार नगद प्राप्त गर्नेछन् । त्यसैगरी, दोस्रो हुनेले ३० हजार र तेस्रो स्थान हासिल गर्नेले १५ हजार नगद प्राप्त गर्नेछन् । साथै विभिन्न सव टाइटलहरुलाई पनि ५ हजार नगद प्रदान गरिने आयोजकले जानकारी दिएको छ । अडिसन फर्मका लागि ५ सय रुपैया तोकिएको छ ।

तपाईको प्रतिक्रिया