शिव भटटराई , इटहरी
समाजिक सञ्जाल टिकटकमा सवार्धिक रुचाइएकी डान्सर योगिसा खत्री अव भने चलचित्रमा खेल्ने भएकी छन । आफ्नो थुप्रै म्युजिक भिडियो तथा टेलिश्रृङख्लामा आफनो अभिनय एवम नृत्य प्रस्तुत गरिसकेकी उनलाई बाल नायिकाको भुमिकामा रजतपटमा ल्याउनको लागी आफु तयार भएको चलचित्र निर्देशन शंकर अधिकारी घायलले बताए ।
राम्रो कला भएकी ११ बर्षिया बाल कलाकार योगिसा खत्रीको अभिनय कला बाट आफु निकै प्रभावित भएको उनले बताए । अभिनय एवम नृत्यमा अब्बल भएकै कारण बाल नायिका बन्ने पक्का भएको उनले बताए । लुम्बिनी मुभी मेकरको ब्यानरमा केदार मल्लको निर्देशन र शंकर अधिकारी घायलको लेखन रहेको नेपाली कथानक चलचित्रमा बाल नायिकाको रुप मा देखा पर्दै छिन। छिट्टै छाँयाकन गर्ने तयारीमा रहेको उनले बताए । योगिसा खत्रीलाई हाम्रो तर्फबाट सफलता को शुभकामना

तपाईको प्रतिक्रिया