नायिका नम्रता श्रेष्ठले आफूले आत्महत्याको प्रयास गरेको खुलासा गरेकी छन्। ३३ औँ जन्मदिन मनाउने क्रममा आफ्नो पुराना कुरा सम्झेका हुन्। हामीसंगको कुराकानीमा उनले भनिन्, ‘मैले आफूले आफैलाई मार्न ३ पटक प्रयास गरेँ।’

उनी अगाडि थप्छिन्, ‘मलाई यो दुनियाँको कुनै पनि कुरा राम्रो लाग्दैन थियो। जब म डिप्रेसनमा परेँ। त्यसले मेरो जीवनको उमंग नै खोसेको जस्तो भयो। बाहिर निस्कदाँ पनि लुगा लाउनु अगाडि १० ओटा कुरा सोच्थेँ। यो लुगा लगाए के भन्ला? अरुले के सोच्ला? भनेर नै बाहिर निस्किन्नँ थिएँ।
रेष्ट्रोरेण्टमा पुगेर केही खान लाग्दा मेन्यु हेर्यो। मेन्युमा भाको यो खाना खायो भने यसबाट यो रोग लाग्छ। त्यो खायो भने यस्तो हुन्छ। अर्को चिज खानै हुन्न। यस्तै यस्तै कुरा दिमागमा आउने अनि अर्डर गर्नुका सट्टा आधा घण्टा त्यसै वितेर जान्थ्यो। आफ्नो काम आफैलाई मन नपर्ने। आफूलाई कमजोर ठान्ने । यस्ता विचारले मलाई सताउथ्यो। यसले गर्दा पनि मैले आत्महत्याको प्रयास गरेको थिएँ। तर जीवन त्यती मात्रै होइन रहेछ। चिकित्सकको सल्लाह, मेरो आफन्त साथीभाईको माया प्रेम, दर्शकको साथ र हौसलाले फेरि जीवन पाएँ। ‘

उनले सिनेमा क्लासिक गर्दै गर्दा डिप्रेसनको सिकार भएको खुलाए। उनले तत्कालिन समयमा हरेक रात रोएर विताएको बताए। उनी भन्छिन्, ‘सुटिङ सकिएपछि म हरेक रात एक्लै रुन्थेँ। ’ नम्रताले डिप्रेसनबाट उन्मुक्ति पाउन आफ्नो कुरा साथीभाई, परिवारमाझ राख्न सुझाए।

‘मनका कुरा व्यक्त गर्न नसके लेखेरै भए पनि व्यक्त गर्नुस्। यसले तपाईलाई हलुका बनाउछ। मैले पनि धेरै लेखेको छु। म अझै पनि लेख्छु। चिकित्सकको सल्लाह पनि लिनुस् जस्ले गर्दा तपाईँ डिप्रेसनबाट मुक्त हुनुहुनेछ।’ नम्रताको तर्क रहेको छ।
उनीद्वार अभिनित सिनेमा जाइरा यही भदौ ६ गतेबाट प्रदर्शनमा आउदैछ। जसमा नम्रता स्वयम्को पनि लगानी रहेको छ।

तपाईको प्रतिक्रिया