काठमाडौं । गतवर्ष यतिधेरै नेपाली फिल्म बनेकी हरेक साता दुईदेखि तीनवटा फिल्म प्रदर्शनमा आए । निर्मातालाई रिलिज मिति मिलाउन हम्मेहम्मे भयो ।
तर, यसवर्ष त्यस्तो छैन् । फिल्म हलमा नयाँ नेपाली फिल्म छैनन् ।
हरेक शुक्रबार नयाँ फिल्म रिलिज हुने नेपालको पुरानो परम्परा हो । तर, यसवर्षको धेरै शुक्रबार रिलिजका लागि फिल्म नै नहुने देखिएको छ ।
उदाहरण यही शुक्रबारलाई लिन सकिन्छ । फिल्म वितरक गोपाल कायस्थ यो शुक्रबार कुनै नयाँ नेपाली फिल्म प्रदर्शनमा नआएको बताउँछन् । उनि भन्छन् –‘यसवर्ष फिल्म निर्माण निकै घटेको छ । यो शुक्रबार मात्र होइन् यसवर्षको धेरै शुक्रबार नेपाली फिल्म प्रदर्शनमा नआउने देखिएको छ ।’
विगत वर्षको तुलनामा यसवर्ष फिल्म निर्माण सुस्ताएको छ । त्यसैको प्रभाव हलमा देखिन थालेको हो ।