काठमाण्डौ असार २९ – देशमा जातिय कुराले एक प्रकारको तरङ्ग पैदा गरिरहेको बेला जातिय द्वन्द्व गराएर भाइ-भाइ बिच झगडा नगरौ भनेर सन्देश दिनका लागि जय नेपाल फिल्मस् प्रा.लि.को प्रस्तुतिमा जनचेतनामुलक लोक गीत “कथा दलितको” मंगलबार मात्र सार्वजनिक भएको छ । प्रस्तुत  गीतले यतिबेला बजारमा चर्चा बटुलिरहेको छ ।

ईश्वर बाबुको स्वर तथा लयमा सजिएको यस गीतको लय शब्द भने गणेश सेन्चुरीले तयार पारेका हुन् । मुर्चुङ्गा डिजिटलमा रेकर्ड भएको यो गीत को एरेन्ज र मिक्सिङ संजय श्रीपालले गरेका हुन् भने गीतको रेकर्ड भने पछिल्लो समयका कुसल रेकडिस्ट गोबिन्द वलीले गरेका हुन् । “कथा दलितको” बोलको गीतको भिडियोमा हाम्रो समाजमा अझै यथावत रहेको कु-संस्कार लाई झल्काउन खोजिएको छ ।

ईश्वर बाबुको निर्देशन तथा सम्पादनमा तयार पारिएको भिडियोलाई उनै गायक ईश्वर बाबुले छायांकन सह- छायांकनमा गणेश सेन्चुरीलेको रहेको छ । जय नेपाल फिल्मस्को आफ्नै अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक भएको गीतमा गणेश सेन्चुरी, कन्चन चौधरी, ईश्वर बाबू र बुबाको भुमिकामा चर्चित अनुहार खेम घर्ती को अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया