काठमाडौं । बिजि बर्मा फिल्म्सको ब्यानरमा कला राईको प्रस्तुती र शंकर अधिकारी ‘घायल’को लेखन र निर्देशन रहेको चलचित्र ‘काचुली’को पहिलो गीत सार्वजनिक भएको छ।

नायिका शुभेच्छा थापा र राजन महर्जन कोरसमाथि उक्त गीतलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । नित्याशिवाको आवाज रहेको उक्त गीतमा शंकर अधिकारी ‘घायल’कै शब्द तथा संगीत रहेको छ ।

गीतमा सुशील डाँगीको छायांकन, दिलिप राईको नृत्य, बिश्वास भण्डारीको सम्पादन रहेको छ । आगामी साउन २४ गते रिलिज हुने ‘काचुली’मा तिरुपती पिक्चर्सका लागि सरोज शर्मा र सुनिता भट्टराईले बितरणको जिम्मा लिएका छन् ।

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया