साउथ ईण्डीयन हीरो प्रभास र बलिउड नायीका श्रद्धा कपुरको फिल्म ‘साहो’ले धमाकेदार कमाई गरिरहेको छ । ‘साहो’ले रिलीज भएको तेस्रो दिन सम्म एकदमै राम्रो कमाई गरिरहेको छ । हिन्द भाषामा मात्रै साहोले पहिलो दिन २४.४० करोड भारतीय रुपैया कमाएको थियो । दोस्रो दिन पनि फिल्मले २७ करोड कमाएको थियो । भने फिल्म रिलीजको तेस्रो दिन २९.४८ भारु कमाएको थियो । हिन्दी ‘साहो’ले करीब ८० करोडको आम्दानी तिन दिनमा गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।

प्रभारको फिल्म ‘साहो’ अगष्ट ३० मा रिलीज भएको थियो । उक्त फिल्मलाई समिक्षकहरुले राम्रो रेटिंग नदिए पनि फिल्मले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । ‘साहो’ हिन्दी तलेगु, तमिल र मलयालममा भाषामा दुनियाभर रिलीज भएको छ । साउथमा मात्रै नभएर हिन्दी दर्शकहरुको बिचमा पनि यस फिल्मले राम्रो ओपनिंग गरेको छ । उता साउथमा पनि यस फिल्मले राम्रो कमाई गरिरहेको छ ।

सुजीतले निर्देशन गरेको फिल्म भारतमा मात्रै नभएर अन्तराष्ट्रिय मार्केटमा पनि राम्रो कमाई गरिरहेको छ । ‘साहो’ले अट्रेलीया र न्युजील्याण्डको बक्स अफिसमा पनि राम्रो ओप्पनिंग गरेको छ । ‘साहो’ले बिश्वमा पहिलो दिन १०४ करोड कमाईगरेको थियो । दोस्रो दिन २०५ करोडको आंकलन पार गरेको थियो । भने तेस्रो दिन सम्ममा ३५० करोड कमाएको छ । जुन तरिकाले फिल्मबाट कमाई भईरहेको छ त्यस अनुसार त फिल्मको आफ्नो खर्चलाई साधरण तरिकाले गर्ने अनमान पनि गरिएको छ ।

‘साहो’मा प्रभास र श्रद्धा बाहेक नील निचितन मुकेश, अरुण निजय, जैकी श्राफ, मंदिरा बेंदी, चंखे पाण्डे लगाएतको मुख्य भुमिका रहेको छ ।

तपाईको प्रतिक्रिया