राजु बोहरा–काठमाडौँ । अहिले बिजय दशमी तथा दिपावली २०७६ लाई लक्षित गर्दै बिभिन्न गीतहरु बजारमा आइरहेका छन् । यसरी बजारमा आएका गीतहरुबाट बाध्यता र बिवस्ताको कारण आफ्नो घर परिवार संगै रहेर दशैं तिहार मान्न नपाएको कथाहरु प्रसस्त मात्रामा भेटिन्छन् । सोहि क्रममा निकै बर्ष सम्म प्रबासमा रहेर यस बर्ष पनि आफ्नो घर परिवार संग दशैँ तिहार मान्न नपाएको कथामा जिबन बि.क को “परदेशी छोरो” बोलको गीत पनि बजारमा आएको छ । निकै पिंडादायिक भावमा तयार भएको गीतमा भिमराज बि.क र गीता देबीको सुमधुर स्वर सुन्न सकिन्छ ।गीतलाई लय भिमराज बि.क ले तयार परेका हुन् भने शब्द समिर लुहारले तयार परेका छन् ।

मानेभन्ज्याङ्ग म्युजिक प्रालिले सार्बजनिक गरेको यस गीतको म्युजिक भिडियोमा रमा थपलिया, इन्द्र श्रेष्ठ, सन्तोष शाहशंकर, दिया तामाङ्ग र माया उप्रेतीको जिबन्त अभिनय देख्न सकिन्छ । “परदेशी छोरो” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन गोपाल थापाले गरेका हुन् भने छायांकन बिपिन चौलागाईं र सम्पादन नहकुल खड्काले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया