असोज १ गतेका दिन बिश्वकर्मा कलाकार नेपालको आयोजनामा “बिश्वकर्मा बाबा पुजा आरधना तथा बिबिध साँस्कृतिक कार्यक्रम – २०७६” सम्पन्न भएको छ । यस कार्यक्रम सोही समितीका अध्यक्ष कृष्ण आँशु बिश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने सुजन बराईली र जमुना सनमले सहजीकरण गर्दै कार्यक्रमको सञ्चालन गरेका थिए ।

बिश्वकर्मा बाबाको पुजा सकिएपछि साँस्कृतिक कार्यक्रम सुरु भएको थियो । साँस्कृतिक कार्यक्रममा एकल गायन, दोहोरी, नृत्य प्रस्तुत गरिएको थियो । बिश्वकर्मा बाबाको पुजाको पुजारीको रुपमा गायक राजन भुजेल बिश्वकर्मा रहेका थिए । बर्षा र झरीका बाबजुत पनि कलाकार, दर्शक र पत्रकारहरुले साथ दिएका थिए । कार्यक्रममा राजु ढकाल, देबी घर्ती, राजन भुजेल बिश्वकर्मा, अस्ट्रेलियामा रहेका सफल भुजेल बिश्वकर्मा, एकिकृत बिश्वकर्मा समाज लगायत देश तथा बिदेशबाट पनि आर्थिक सहयोग प्राप्त भएको थियो । सो कार्यक्रममा मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ती” रहेका थिए ।

कार्यक्रममा जमुना सनम, डिला बिक, बसन्त बिश्वकर्मा, प्रकाश शोनी, सुजन बराईली, राजन भुजेल, कृष्ण आँशु बिश्वकर्मा,
कमल कुमार बिक, अमृता श्रीपाल लगायत अन्य कलाकारहरुको प्रस्तुती रहेको थियो । कार्यक्रममा साथ दिनुहुने पत्रकार, सहयोगीदाताहरु प्रती आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि साथ सपोर्ट मिलेपछि बिश्वकर्मा बाबाको पुजा आरधना तथा बिबिध साँस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने सोही समितीका अध्यक्ष कृष्ण आँशुले बताए ।

तपाईको प्रतिक्रिया