काठमाण्डौ अशोज २ – सांगीतीक क्षेत्रमा नयाँ सांगीतीक कोसेलीको रुपमा “सैया सुन केसरी” गीत बजारमा आएको छ । यस गीतमा बिष्ण माझी र भक्तराज भट्ट “डोटेली” को स्वर रहेको छ भने झलक भट्टको शब्द, भक्तराज भट्ट (डोटेली) को संगीत रहेको छ ।
गीतमा कोरस गायनमा भरत भट्ट, पुष्पा बोहरा, स्मृती शाहीको स्वर रहेको छ । चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा राजेश घिमिरेको छायांकन, बिष्णु शर्माको सम्पादन रहेको छ । यस गीतको दश्य निर्माण शाई भिजन प्रा. लि.ले गरेको हो ।

गीतको भिडियोमा जुना सुन्दास र सुन्दर सदाशंकरको अभिनय हेर्न पाईन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया