राजु बोहरा–काठमाडौँ । विगत लामो समय देखि नेपाली संगितको क्षेत्रमा क्रियाशिल कलाकार तिर्थ विरक्त पाख्रिनको सुमधुर स्वरमा नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीको शुभकामना सहित  “लिंगे पिङ्ग हाल्दा” बोलको गीत भर्खरै सार्बजनिक भएको छ । सर्जक तथा गायक स्वयम् तिर्थ बिरक्त पाख्रिन कै लय शब्द द्वारा सुसजित गीतलाई थेगो हरिबहादुर काफ्ले मगरले तयार पारेका हुन् भने स्वर तिर्थको साथमा सबिता सुनुवारको पनि सुमधुर स्वर यस गीतले पाएको छ ।

उक्त नयाँ दशै तिहार गित उदयपुरकी गायिका सविता सुनुवार र रोजिना सुनुवारको संयुक्त प्रस्तुतिको रुपमा बजारमा आएको हो । धनेश्वर फिल्मस मार्फत सार्बजनिक भएको गीतलाई राकेश सोनीले एरेन्ज हुन् । गीतको मनछुने भाव संगै भिडियो पनि निकै उत्कृष्ट बनेको छ । भिडियोमा आशा खड्का, हिराचन बलामी र लक्षमण चौलागाईको अभिनय देख्न सकिन्छ । खमेश श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोलाई छायांकन सागर गौतमले गरेका हुन् भने सम्पादन पदम सुबेदीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया