मुम्बई – मुम्बई प्रहरीले एक व्यक्तिलाई महिला मोडललाई फिल्ममा काम दिने लोभ देखाएको वेश्यावृत्तिमा सामेल गरेको आरोपमा पक्राउ गरेको छ । भारतीय मिडियाका अनुसार आरोपीले आफूलाई फिल्म निर्देशक बताउँदै काम दिलाउने धाक दिने गर्थे ।

आरोपी सहवान अली र्फ मन्नु चनई कविराजलाई एक होटलमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो । मिडियाका अनुसार अपराध शाखाले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले होटलमा छापा मारेर दुई मोडललाई समेत जोगाएको छ । आरोपीले मोडललाई फिल्म र वेब सिरिजमा काम दिलाउने भन्दै वेश्यावृत्तिमा लगाउने गर्थे ।

तपाईको प्रतिक्रिया