काठमाडौं । भिटेन नामले चर्चित र्यापर समिर घिसिङले ‘यस्तै त हो नि ब्रो’ बोलको गीत युट्यूवबाट हटाएका छन् । उनले प्रहरीको आदेशमा यो गीत युट्यूवबाट हटाएका हुन् ।

तर, गीत हटाए पनि उनी छुटेका भने छैनन् । प्रहरीले अभद्र व्यवहारको मुद्दामा म्याद थपका लागि उनलाई महानगरीय प्रहरी वृत्त ललितपुर पठाइएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

बिहीबार उनलाई ललितपुर जाउलाखेलबाट यसै गीतमा भएका शब्दहरु र फेसबुकमा प्रहरीको बर्दीमा रहेको तस्वीर राखेको आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो ।

प्रहरीले दुई दिनअघिमात्र ‘ह्याप्पी तिहार’ बोलको गितका कारण गायक तथा मोडल दुर्गेश थापालाई नियन्त्रणमा लिएको थियो ।

महाशाखाको टोलीले अब उप्रान्त समाजमा अपाच्य गीत नगाउने कागजी सम्झौतासहित थापालाई छाडेको थियो।

तपाईको प्रतिक्रिया