नेपाल टेलिभिजनबाट प्रदर्शन हुँदै आएको हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिम र ‘मिडिया हब’ बिचको विवाद टुगिंएको छ । आगामी दिनमा दुवै पक्षले विवादित कुरालाई नउठाउने सहमतिमा विवाद टुगिंएको हो । कुमार कट्टेल (जिग्री) ले झगडा टुगिंएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् ।

उनले फेसबुकमा विवाद टुगिंएको जानकारी दिँदै कलाकार र सर्जकको मिडिया हब प्रा. लिले एकअर्कालाई सहयोग र सम्मान गर्दै अगाडि बढ्ने उल्लेख गर्दै स्टाटस् पोस्ट गरेका छन् । समझदारीका विषयहरु नखुलाएपनि सक्किगोनिका कलाकार कुमार कट्टेलले आगामी दिनमा दुवै पक्षले यसमा विवाद नगर्ने सहमति भएको जनाए ।

पछिल्ला केही दिन यता मिडिया हब र टेलिसिरियल भद्रगोलबाट छुट्टिएर शृङ्खला सक्किगोनी निर्माण गरेका पाँडे र जिग्रीको टिम बिच विवाद भएको थियो । आफूले जन्माएको पात्र चोरी गरेको आरोपमा मिडिया हबले “सक्किगोनि” लाई प्रहरीकोमा उजुरी हालेको थियो । “सक्किगोनि” का कलाकारहरु पछिल्लो केहि समयदेखि हास्य टेलिश्रृंखला “भद्रगोल” बाट छुटिएर “सक्किगोनि” निर्माणमा लागि परेका छन् । दर्शकहरुले आफ्नो रोजाई अनुसार “भद्रगोल” र “सक्किगोनि” दुवै हास्य टेलिसिरियल हेर्न पाउनेछन् ।

तपाईको प्रतिक्रिया