विराटनगर / विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली छठ पर्वको पूजाकालागि कष्टकर ब्रत बसेका छन् । निराहार ब्रत बसेका मेयर पराजुलीले १६ औ पटक दुरी नापेर सष्टाङ्ग दण्डवत गर्दै (दुरी नापेर घस्रदैंं) सिंघिया घाटमा पुगेर अस्थाउदो सूर्यलाई अर्घ दिनेछन् ।

आज दिउँसो साढे १० बजे विराटनगर पोखरीयामा रहेको शिव पाञ्चायन मन्दिरबाट भतिज प्रमिस र श्रीमती रञ्जीतासँगै दण्ड प्रणाम गर्दै निस्कीएका पराजुली साढे तीन किलोमिटर दण्ड प्रमाण गर्दै सिंघिया घाटमा पुगेर अस्थाउँदो सूर्यलाई अर्घ दिने पराजुलीका प्रेस सल्लाहाकार कौशल निरौलाले जानकारी दिए ।

५ वर्षदेखि भतिज प्रमिसले साथ दिइरहेका मेयरलाई यसपाली मेयरका धर्मपत्नी रञ्जीतालेसमेत दण्ड प्रणाम गर्दै घाटमा पुगेर साथ दिइरहेकी छिन् । उक्त दुरी पार गर्न करिव ५ घण्टा लाग्ने मेयर पराजुलीले बताए ।

१६ बर्षयता छठ माताको ब्रत बस्दै आएका मेयर पराजुलीले १६ औ पटक दण्ड प्रणाम गर्दै सिंघीया घाटमा आज पुगेर भोली विहान उदाउँदो सूर्यलाई अर्घ दिएर ब्रत समापन गर्नेछन् ।

नगरबासीको सुख, शान्ति र समृद्धिको कामना सहित छठको कष्टपूर्ण ब्रत बसेको मेयर पराजुलीले जानकारी दिए । दण्ड प्रणाम गर्दै छठको पूजाकालागि निस्कीएका पराजुली धर्म प्रति बढी आस्था राख्छन् ।

‘पहिले म आफु र परिवारको रक्षाका लागि छठ पुजा गर्थे’ उनले भने, ‘तर अहिले सम्पुर्ण महानगरवासीको सुरक्षा र समृद्धि र लोक कल्याणका लागि गर्न थालेको छु, सकुन्जेल निरन्तरता दिने मेयर पराजुलीले बताए ।’मेयर पराजुलीलाई हौसला दिन हास्य कलाकार तथा निर्मात्री दिपाश्री निरौला तथा राष्ट्रिय गायक सुमित खडकालगायत उपस्थीत रहेका थिए ।

तपाईको प्रतिक्रिया