एजेन्सी । कुनै एक महिलाले कतिजना पुरुषसँग प्रेम वा विवाह गर्न सक्लिन्? एक, दुई या तीन ! तर एक महिलाले भने प्रेम र विवाहको अजीव रेकर्ड कायम गरेकी छन् । एकपछि अर्को गर्दै ती महिलालले ९ जना पुरुषसँग प्रेम र विवाह गरिन् । यो खबर भारतको उत्तर प्रदेश राज्य अन्तर्गत पर्ने लखीमपुर शहरको हो । घटना तब सार्वजनिक भयो जब ती महिलाका आठौं पतिले महिलामाथि आफ्नो दावेदारी प्रस्तुत गर्दै प्रहरीमा मुद्दा दर्ता गरे । अजीव कहानीले चकराएको प्रहरीले उक्त घटनामा सम्झौताका लागि धेरै प्रयास गर्यो । तर कुरा मिलेन ।

महिलाले नवौं पतिसँग प्रेम गरेको बताइन् र उनीसँगै हिँडिन् । प्रहरीका अनुसार लखीमपुर शहरको सदर क्षेत्रमा बस्ने महिलाको १० वर्ष पहिले सोही ठाउँका एक युवकसँग विवाह भएको थियो । केही दिनपछि पती–पत्नीबीच खटपट भयो । त्यसपछि महिलाले पतिसँगको नाता तोडेर आफ्नै मर्जीले दोस्रो युवकसँग विवाह गरिन् । दोस्रो पुरुषसँग पनि केही समय विताएर उनले तेस्रो पुरुषसँग विवाह गरिन् । तर तेस्रो पुरुषसँगको सम्बन्ध पनि धेरै दिन टिक्न सकेन ।

हरेक पटक महिलाको उनका पतिसँग मनमुटाव हुँदै आयो र उनले जतिपटक मनमुटाव भयो सम्बन्ध तोड्दै नयाँ पुरुषलाई आफ्नो जीवनसाथी बनाउँदै गइन् । आठौं पटकको विवाह पछि सम्बन्धमा केही स्थायीत्व आयो । फरधान भन्ने ठाउँका एक व्यक्तिसँग विवाह गरेपछि ती महिला उनीसँग करिव ५ वर्ष रहिन् । त्यस दौरान उनी ४ वटा बच्चाकी आमा बनिन् । समय अगाडि बढ्दै थियो तर, फेरि पति र पत्नीबीच विवाद भयो ।

आठौं पतिसँग बस्ने मन नलागे पछि ती महिलाले अर्को पुरुषसँग नवौंपटक विवाह गरेर फरधान छाडेर मोहम्मदी भन्ने ठाउँमा आएर बस्न लागिन् । तर आठौं पतिले उनीविरुद्ध फरधान प्रहरी चौकीमा रिपार्ट दर्ज गराए र मोहम्मदी भन्ने ठाउँका युवकले आफ्नो पत्नी भगाएको आरोप लगाए । त्यसपछि प्रहरीले महिला र उसका नवौं पतिको खोजी सुरु गर्यो। खोजी सुरु गरेको केही दिनपछि प्रहरीले महिला र उनका नवौं पतिलाई पक्राउ गर्यो । उनीहरुलाई स्थानीय अदालतमा पेश गरियो । महिलाले आफू नवौं पतिसँग बस्न इच्छुक रहेको बयान दिएपछि अदालतले आठौं पतिले दायर गरेको मुद्दा खारेज गरिदिएको छ ।

तपाईको प्रतिक्रिया