काठमान्डौँ , कात्र्तिक १७
नेपाली लोक गीत सगीतमा मौलिक भाकामा आधारित गीतहरु बजारमा निरन्तर आइरहेको अवस्थामा गायक मदन ढकाल र गायिका मन कुमारी मगरको आवाजमा ”भिरको चिउरी ” गीतको भिडियो सार्वजनिक भएको छ ।
युगल जोडीको प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । गीतमा प्रेमका भावहरुलाई निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । मदन ढकालको मौलिक शब्द सिर्जना तथा लय सिर्जनामा गीत तयार गरिएको छ । अमन राना मगरको छायाँकन , रोशन धितालको सम्पादन तथा अर्जुन थापा मगरको निर्देशन मा भिडियो तयार गरिएको छ । ”भिरको चिउरी ” गीतको भिडियोमा रमेश बावु थापा मगर र अनु पराजुलीको नृत्य तथा अभिनय रहेको छ ।
”भिरको चिउरी ”गीतको पुरा भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया