राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको सम्बृद्धिका लागि अवरात्र खटिरहेका कलाकार अशिम कुमार कटुवालले फेरी अर्को उत्कृष्ट लोक दोहोरी गीत भर्खरै बजारमा ल्याएका छन् । उनले यस अगी पनि निकै कर्णप्रिय गीत संगीतका स्वाद आफ्ना अशंख्य श्रोता तथा दर्शकहरु माझ प्रस्तुत गरिसकेका छन् । यस पटक अशिमाले देबी खड्का संगको सहकार्यमा “दोलखा चरिकोट” बोलको गीत बजारमा ल्याएका हुन् । यस गीतमा स्वर अशिम कुमार कटुवाल र देबी खड्का स्वयम् ले सजाएका छन् ।आन्तरिक पर्यटन प्रबर्धनका निमित्त महत्वपुर्ण भूमिका निर्वाह गर्ने यस गीतलाई लय शब्द पनि अशिम कुमार कटुवालले नै भरेका हुन् ।

गीतको अडियो अति मिठासपूर्ण ढंगले तयार पारिएको छ त्यति नै म्युजिक भिडियो पनि आकर्षक बनाइएको छ । भिडियोमा पवन खतिवडा (माकुरी) रिना थापा मगर, नारायण मगर र देविका कटुवालको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन नारायण मगरले गरेका हुन् भने कोरियोग्राफी राज तामाङ्ग र छायांकन राकेश रनपालको साथै सम्पादन नारायण मगरले नै गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया